गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन असेस्ट्स क्वालिटि अवार्ड’बाट सम्मानित

काठमाडौं। गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन असेस्ट्स क्वालिटि अवार्ड’बाट सम्मानित भएको छ।
Advertisement 1
भारतीय चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा बैंकलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।
उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो। कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महसुस भएको बताएको छ।
Advertisement 2
कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो।