कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको साझेदारी

कामना सेवा विकास बैंक र नमस्ते पे बीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्नेगरी समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयूक्त रुपमा हस्ताक्षर गरे ।

Advertisement 1

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतीय महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

 

प्रकाशित :२०७८ पुष २६, सोमबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry