जगदम्बा स्टील्सको २ नयाँ उत्पादन, नेपालमै पहिलो पटक तेस्रो मुलुकमा पनि निर्यात

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात शुरू गरेको छ ।

Advertisement 1

कम्पनीले शुक्रवार एक कार्यक्रमका बीच जगदम्बा स्टील्सका उत्पादनहरू, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस तेस्रो मुलुकमा निर्यात शुरू गरेको जानकारी दिएको हो ।शुक्रवार आयोजित कार्यक्रममा कम्पनीका जनरल म्यानेजर मनोज तिवारीले शुरूवाती चरणमा यी उत्पादनहरू रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको जानकारी दिए।

जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै ‘सीआर सिट एन्ड कोइल्स’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । कम्पनीका अनुसार, प्रिमियम एल्युमिनियम/जिक कोटेड शिट जसलाई ग्याल्भल्युम पनि एकोटिड गरिएको उत्पादन हो ।

Advertisement 2

यसमा तौलको हिसाबले ५५३ एल्युमिनियम ४३.५५, जिंक र १.५ प्रतिशत सिलिकन मिश्रण गरिएको हुन्छ।जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिड उद्योगमा नयाँ आयाम भएको कम्पनीको दाबी छ । ग्याल्भा प्लसले फलामलाई अक्सिडेशनबाट बचाउँछ र उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ गराउँछ ।कम्पनीले ग्याल्भा प्लसलाई जगदम्बा सुपर शाइनले नामाकरण गरेको छ ।यसमा विभिन्न रंगहरू विकल्पमा दिइएको छ ।

नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै भएको कम्पनीले जानकारी दिएको छ । विभिन्न आकर्षक रंगने कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्तापाताहरू कच्चा मालको रूपमा एल्युमिनियम/जिक फोटेड प्लेट पीपीजीएन प्रयोग गरी निर्माण गरिन्छ। एल्युमिनियमले जगदम्बा खात्मा जगदम्या सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण म्यान्मेनाइज्ड स्टीनभन्दा भिन्न बनाउने कम्पनीको दाबी छ ।

Advertisement 3

कम्पनीका अनुसार, जगदम्बा ग्याल्भा नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम/जिक कोटिङ भएको उत्पादन हो।जगदम्बा ग्यात्मा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग गरिएको छ ।

जसले घरको लागि उच्च सुरक्षा र आकर्षक स्वरुप दने कम्पनीले जनाएको छ ।जगदम्बा यात्मा खिया प्रतिरोधात्मक हुन्छ ।जगदम्बा ग्याल्भा पल्स एन्टी/कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति र यसलाई टिकाउ बनाउँछ ।एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले जनाएको छ ।अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम/जिक कोटिङ भएको जगदम्बा ग्याल्भा उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा दिन्छ ।

भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको हुन्छ ।स्यात्मा प्लसको प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ ।

साथै अन्य कार्यहरू जस्तै एयर इक्ट, लाइटिङ, कम्प्युटर कैंसिङ आदिमा प्रयोग हुन्छ ।ग्याल्मां र सुपर शाइन नेपाली बजारमा जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा र सुपर शाइन प्रस्तुत गरेको छ । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य शुरू गरेको हो ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । यसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ। साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

प्रकाशित :२०७८ चैत्र १२, शनिबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry