निजामती सेवामा हार्दिकता र औपचारीकता

हार्दिकता हृदयमा पैदा हुन्छ र नतिजामा देखिन्छ। हार्दिकतामा उत्प्रेरणा, मनोबल, उत्तरदायित्व, जिम्मेवारी  देखिन्छ।  हार्दिकताले प्रश्न गर्दैन। उत्तरको खोजी गर्छ। र नयाँपन देखाउँछ।  हार्दिकतामा उत्सुक्ता, उच्च नैतिकता हुन्छ। औपचारिकता मस्तिष्कबाट सुरू हुन्छ र तर्कमा गएर टुंगिन्छ । औपचारिकताले नतिजामा पनि प्रश्न गर्छ।मस्तिस्कले उत्तर खोज्दैन प्रश्न गर्छ।  सार्वजनिक व्यवस्थापनका सबै सिद्धान्त र व्यवहार हार्दिकता र औपचारीकताको खोजीमा अभिमुख छन्। आजसम्म सार्वजनिक प्रशासनको सिद्धान्त यसैमा अल्झिएको छ। उत्प्रेरणा, मनोबल ,सहभागिता, समन्वय, नेतृत्व, निर्णय प्रक्रिया, सबैमा हार्दिकता र औपचारिकता झल्किन्छ। देखिन्छ। जहाँ  हार्दिकता छ। त्यहाँ उत्तरदायित्व छ। जिम्मेवारी छ। जहाँ औपचारिकता छ व्यवस्थापन गतिलो छैन। ढिलासुस्ती छ ।चाकरी छ। भ्रष्टाचार छ ।अनियमितता छ। मास्लाे, हेनरि फेवेल ,सबै व्यवस्थापन भित्र हार्दिकता र औपचारिकताकाे विश्लेषण गर्छन्। औपचारिकतालाई हार्दिकतामा कसरी परिवर्तन गर्ने भन्ने विषयमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन्। उत्प्रेरणाको  एक्स वाइ सिद्धान्त ,आवश्यकताको सिद्धान्त , आौपचािरकतालाई हार्दिकतामा  परिणत गर्ने कोसिस गर्छ। र दुबैको मूल्यांकन गर्छ ।

Advertisement 1

नेपालको निजामती सेवामा  यी दुई तत्वको मिलन कहाँनेर छ। हेर्नु जरुरी छ।  जसको अनुभूति नहुँदा निजामती सेवाले नतिजा दिन सकेको छैन। कर्मचारितन्त्र जनताको नजरमा सच्चा सेवक बन्न सकेको छैन। सही नेतृत्व स्थापित हुन सकेन ।  झण्डै सात दशक पार गरेको निजामती सेवा आज हार्दिकता भन्दा औपचारिकतामा गुज्रिरहेको छ। कर्मचारी र नेतृत्व, राजनीति र प्रशासन,  कर्मचारीतन्त्र र जनताको बिचमा हार्दिकता कायम हुन सकेको छैन। दुवैले एक आपसमा शंका गर्छन्।  कानुन, नीति, नियमको औपचारिकता भित्र सेवा प्रभाव परेको छ। त्यहाँ दुबैको बीचमा मुस्कान छैन। दुबैको बीचमा विश्वास संकट छ ।
भारतमा मोदी प्रशासनलाई भारतीयहरु सम्मान गर्छन्। सि जिनपिङ टिभीमा उपस्थित हुँदा क्यान्टिनमा खाँदै गरेका नागरिकहरू उठेर आदर दर्शाउँछन। अमेरिकनहरु आवर पेर्सिडेन्ट भन्छन् । यो नेतृत्वप्रतिको हार्दिकता हो। औपचारीकता होइन। सद्भाव हो ।  सद्भाव र विश्वासले कामलाई परिणाममुखी बनाउँछ।    कहिलेकाहीँ हार्दिकताका लागि औपचारीकता पूरा गर्नुपर्छ ।  यस्तोऔपचारीकता  स्वार्थ विहिन र ब्याक्ती, संस्था र नीतिको हितमा हुन्छ । यसलाई औपचारिकता भनिदैन ।यो स्वयंमा हार्दिकता हो।

हार्दिकता बनाउनलाई पैसा खर्च गर्नुपर्दैन ।सकारात्मक सोच भए पुग्छ ।कानुनलाई पूर्णरूपमा पालना गरिदिए पुग्छ। आफ्नो मान्छे र परको मान्छे नछुट्याइ दिए पुग्छ। कर्मचारीतन्त्र भित्र  राजनीति नगरिदिए पुग्छ। सरकारी खर्च शिर्षक अनुसार खर्च गरिदिए पुग्छ। राजनीतिले कर्मचारीका सरुवा बढुवा लगायतका विषयमा हस्तक्षेप नगरिदिए पुग्छ। कर्मचारीतन्त्रले राजनीतितिर हैन आफ्नै योग्यतामा ध्यान दिए पुग्छ । कर्मचारीले आफ्नो अगाडिका जनतालाई सेवा दिए पुग्छ ।बिल भर्पाइमा कमिशन नलिए पुग्छ ।जनताले कर्मचारीलाई यो राष्ट्र सेवक हो सम्म भनिदिए पुग्छ ।तर औपचारिकताका लागि पैसा खर्च हुन्छ ।समय खर्च हुन्छ। सम्मान खर्च हुन्छ। अभिमान समाप्त हुन्छ ।त्यसैले हार्दिकता बढाउन औपचारीकता समाप्त गरिदिए पुग्छ।

Advertisement 2

कर्मचारीलाई तलबभत्ता, स्वास्थ्य, बीमा, उपचार खर्च, विदा सबै सुबिधा प्राप्त छ। हामी यो विषयमा गौरव गर्छौं? जुन दिनदेखि गौरव गर्छौं त्यो दिनबाट हामी नतिजामा केन्द्रित हुन्छौ ।जब  हामी हार्दिक हुन्छौं। सेवाग्राही, जनताको आशिर्वाद प्राप्त हुन्छ । आत्मसन्तुष्टि प्राप्त हुन्छ।  नतिजामा शंका हुँदैन। जब कुनै काम औपचारिकतामा पुरा गर्छौ।  स्वार्थ हुन्छ। सरुवा, बढुवा ,वृति विकास ,अतिरिक्त फाइदाको स्वार्थ रहन्छ।  जब हार्दिकतामा काम गर्छौ हामीले परिश्रमको फल पाउँछौ। अब भनौ हामी काहा छौ।  सैनिक र प्रहरी सेवा निजामती सेवा हाेइन त्यहाँ हार्दिकता र औपचारिकता देखिँदैन। ।अनुशासन हुन्छ। आदेशको अनुशासन हुन्छ। नेतृत्व बलियो हुन्छ । अन्य सरकारी सेवामा पनि  हार्दिकता भन्दा औपचारिकता बढेको देखिन्छ।
कुनै कर्मचारी सरुवा माग्न आउँछ ।उसलाई हामी प्रश्न गर्छौ। उसको उत्तर खोज्दैनौ। एकातिर सरुवामा माग्दा अर्कातिर पठाइदिन्छौ। त्यसपछि कर्मचारीको कार्यसम्पादन औपचारीकता तिर जान्छ। आफ्नो संगठन प्रति हार्दिक हुदैन। जब वृत्तिविकासमा योग्यताले काम गर्दैन कर्मचारी संगठनप्रति हार्दिक हुनसक्तैन। भ्रष्टाचार लाग्छ भनेर निर्णय गर्दैनौ। विभागीय कारबाहीबाट बच्न जिम्मेवार पन्छाउँछौ i पार्दर्शिता हुँदा गोप्यता भङ्ग हुन्छ भन्ने डर मान्छौं ।भोली काम लाग्छ भनेर भेटघाट गर्छौं। अवकाश भइहाल्छ  नि भनेर वास्ता गर्दैनौ। अवकाशपछि  लाभको पदको आशा गर्छौ। सरुवा बढुवा नहाेला कि भनेर राम्रो काम देखाउँछौं। कसैको भनसुनमा राम्ररी काम गरि दिन्छौ ।तर भनसुन विनाको जनतालाई वास्ता गर्दैनौ ।त्यहाँ हार्दिकता हुँदैन ।यो औपचारिकतामा  निजामति सेवाले स्पष्ट कार्यदिशा दिँदैन र नतिजामुखी बनाउँदैन।

तपाईंलाई कसैले नमस्कार गर्छ। किनभने तपाईं पदमा हुनुहुन्छ। कुर्सी र पदमा बसुन्जेल हामीलाई हार्दिकता र औपचारिकता थाहा हुँदैन।  जब कुर्सीबाट बाहीर जान्छौं। जब हामी स्वतन्त्र हुन्छौँ। त्यसपछि हामीलाई हार्दिक र औपचारीकताको बोध हुन्छ।  हामीले चिनेका मान्छेहरु बाटोमा उल्टो फर्किन्छन ।नचिनेका हरु त चिन्दै चिन्दैनन्। बुझ्नोस् म औपचारिक थिएँ ।जब उल्टो फर्किनेहरु तपाईंलाई नमस्कार गर्न आउँछन् ।तपाईंको कुर्सी र पद पछी पनि  सम्मान गर्छन्। कुर्सी अघि र पछि समान व्यवहार गर्छन् ।बुझ्नुहोस् तपाईं पद र कुर्सीमा हार्दिक हुनुहुन्थ्यो। तर हामीलाइ यसको लेखाजोखा कुर्सी र पदमा बसुन्जेल थाहा हुदैन । समाज टाढा हुन्छ। हामी  कानुन,नियम,आदेश,चाकरीलाई जोगाउन थाल्छौ। अवसर पद र प्रतिष्ठाले होइन हाम्रो परिणामले हामीलाई उच्च बनाउँछ।

Advertisement 3

औपचारिकताले प्रतिफल  राम्रो दिँदैन।  पुजिगत खर्च वर्षेनी झण्डै ३०% प्रतिशतमाथि पुगेको छैन। वित्तीय र भौतिक प्रगतिमा उल्लेख्य सुधार भएको छैन। यसले भौतिक पूर्वाधार, विकास,  रोजगारी सिर्जना, गरिबी निवारण जस्ता विषयलाई प्रत्यक्ष प्रभाव पारेको छ। जहाँ हार्दिकता छ। भ्रष्टाचार कम हुन्छ ।पुजिगत खर्च बढ्छ। व्यवस्थापन सुमधुर सम्बन्ध हुन्छ। देखिएको छ। यी विषय नेता, नेतृत्व, अनुभव, क्षमतामा पनि फरक पर्छ।निजामति प्रशासन भित्र हामी पुरानो नेतृत्वलाई स्मरण गरौं। पुराना नेतृत्व धरोहरहरुमा  गौरव गर्छौं। किनभने उनीहरूमा हार्दिकता थियो  ।यसपछि पनि थुप्रै नेतृत्व जन्मिए। तर उनीहरूको नाम लिँदैनौ किन ? प्रश्न अस्वाभाविक होइन। जसले इतिहासमा नाम लेखाउन चाहन्छन् जो आफैंमा गौरव हुन्छन् उनीहरुले हार्दिकता बढाउँछन्। जब हामी कामलाई सम्मान गर्छौं। औपचारीकता समाप्त हुन्छ। राम्रो र नराम्रो छुट्याउँछौ ,व्यक्तिगत स्वार्थबाटबाट बच्छौ,हार्दिकता त्यहीँबाट सुरु हुन्छ।

(लेखक दाहाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक हुन ।)

 

प्रकाशित :२०७९ जेष्ठ २०, शुक्रबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry