राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव बुढालाई, ढुंगाना प्रधानमन्त्री कार्यालय फर्किए
काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री कार्यालय तानेर महानिर्देशकको जिम्मेवारी बुढालाई दिएको हो ।
Advertisement 1
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै निजी सचिवको जिम्मेवारी पाएका ढुङ्गाना १० महिना अघि २०८० असार १२ गते विभागको महानिर्देशकको जिम्मेवारीमा गएका थिए ।
यस अघि पर्यटन विभागका महानिर्देशक रहेका बुढाको केहि दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । बुढालाई विभागको महानिर्देशकको जिम्मेवारी दिनकै लागि प्रधानमन्त्री कार्यालय तानिएको बुझिएको छ ।
प्रकाशित :२०८१ बैशाख २४, सोमबार ००:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%