१९ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान, जिम्मेवार बनेर खरो रूपमा उत्रिन आईजीपी कुवँरको निर्देशन

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका १९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गत चैत २८ गतेको निर्णयबाट बढुवा भएका उनीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन

Advertisement 1

दर्ज्यानी चिन्हबाट सुशोभित हुने डीएसपी निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाय, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबाबु राई, रूकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का रहेको छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी कुँवरले बढुवा भएका प्रहरी अधिकृतबाट सम्पादित हुने कामकारबाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर सङ्गठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रही खरो रूपमा उत्रिन निर्देशन दिए ।

Advertisement 2

नेपाल प्रहरीमा प्रचलनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै आईजीपी कुँवरले भने, “साङ्गठनिक सुदृढीकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले सङ्गठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहकार्यको भूमिका रहन्छ ।”

उक्त अवसरमा बढुवा भएका अधिकृतको तर्फबाट धारणा राख्दै डीएसपी निर्मल पनेरूले आपसी समझदारी, इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यावसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त जनाए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानकोसमेत उपस्थिति रहेको थियो ।

प्रकाशित :२०८१ बैशाख २, आईतवार २३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry