प्रमुख निर्वाचन आयुक्त थपलीयाको चेतावनी– निर्वाचन मिति सरे मुलुक दुर्घटनामा फस्छ

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्नसक्ने बताएका छन् ।

Advertisement 1

जनकपुरमा आयोजना गरिएको निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् ।

निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले आचारसंहितालाई सामान्य रूपमा नलिन राजनीतिक दललाई उनले आग्रह गरे ।यस्तै, उनले निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट सजग हुन आग्रह गरेका थिए ।

निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनले बताए ।

प्रकाशित :२०७९ बैशाख ३, शनिबार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry