शुक्रवार सार्वजनिक बिदा
सरकारले शुक्रवार सार्वजनिक बिदा दिने भएको छ । हिजो सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Advertisement 1
३० गते तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछार पर्व हो । सो अवसरमा सरकारले सार्वजानिक बिदा दिने निर्णय गरेको हो। सो विदा तीन बर्ष अघिदेखि कटौतीमा परेको थियो । २०५१ सालदेखि ल्होछारको अवसरमा दिइदै आएकोमा कटौतीमा परेको सो बिदालाई सरकारले यस पटक सार्वजनिक विदा दिने भएको हो ।
प्रकाशित :२०७७ माघ २७, मंगलवार १३:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%