माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए क्षतिपूर्ति भराउने निर्णय

काठमाडौं । लामो समयदेखि लगाइएको माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्र सम्मको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार अर्थात वैशाख एक गतेदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर)सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

Advertisement 1

गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा दुई महिनाका लागि भनेर जारी गरिएको निषेधाज्ञा पटक पटक थप भएको थियो ।

Advertisement 2

निषेधाज्ञा हटाएसँगै गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेको छ । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गरेलगत्तै मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको जनाएको हो ।

साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ । स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

Advertisement 3

प्रकाशित :२०८० चैत्र ३०, शुक्रबार २२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry