१० जना जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले १० जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतसहित विभिन्न न्याय सेवामा कार्यरत उपसचिव सरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
Advertisement 1
सिफारिस सूची अनुसार जिल्ला सरकारी वकिल कार्यालय दोलखाका जिल्ला न्यायाधिवक्ता अजुर्नप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलाश अधिकृत नरेन्द्रबहादुर बुढा, उच्च अदालत विराटनगर इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी, उच्च अदालत पोखरा बागलुङ इजलाशका रजिष्ट्रार मुकुन्द्र आचार्य र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता विमला रेग्मी जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
यस्तै बाजुरा जिल्ला अदालतका स्रेस्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेस्तेदार शिवबहादुर थापा, सर्वोच्च अदालतका उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका कानून अधिकृत ९उपसचिव० दीपक घिमिरे र सर्वोच्च अदालतका इजलास अधिकृत फणेश्वरी घिमिरे पनि जिल्ला अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् ।
Advertisement 2
न्याय परिषदको बैठकले उच्च अदालतका दुई जना र जिल्ला अदालतका दुई जना न्यायाधीशको पनि सरुवा गरेको छ । परिषद्को बसेको बैठकले उच्च अदालत बिराटनगरको धनकुटा इजलाशमा कार्यरत रन्तबहादुर बागचन्दको उच्च अदालत जनपुरको अस्थायी इजलाश वीरगञ्जमा सरुवा गरेको छ भने उच्च अदालत बिराटनगरका न्यायाधीश गणेशप्रसाद बरालको उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा सरुवा गरेको छ ।
बैठकले जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको भक्तपुर जिल्ला अदालतमा सरुवा गर्दा रौतहटका जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको मकवानपुर जिल्ला अदालतमा सरुवा गरेको छ ।