सभा,जुलुस, र्याली,भेला,जमघट,गोष्टी जस्ता कार्यक्रम नगर्नुहोस्
नेपालमा फेरी कोरोना (कोभिड १९) को जोखिम बढेको भन्दै रसुवामा पनि उच्च सतर्कता अपनानाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले आज विज्ञप्ती जारी गर्दै जिल्लामा उच्च शतर्कता अपनाउन आग्रह गरेका हुन । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्लामा सभा,जुलुस,¥याली,भेला,जमघट,गोष्टी जस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दुरी कायम गर्न तथा मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ ।
Advertisement 1
प्रकाशित :२०७७ चैत्र १२, बिहीबार ११:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%