जनमतकी अनिता मन्त्री बन्दै,रेड जोनमा मोदी कि किराती ?
सरकारबाट माओवादीका एक जना मन्त्री फिर्ता हुने प्रवल सम्भवना बढेर गएको छ ।
Advertisement 1
जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारीमा अहिले प्रधानमन्त्री प्रचण्ड लागेका छन् । तीन महिना लामो प्रयासपछि जनमत पार्टीको सांसद अनितादेवी साह मन्त्री बन्दैछिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीबाट एक जना मन्त्रीलाई फिर्ता बोलाएर अनितादेवीलाई मन्त्री बनाउने तयारी गरिरहेको माओवादी स्रोतले जनाएको छ ।
Advertisement 2
सरकारमा अहिले माओवादीबाट उप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, उर्जामा शक्ति बस्नेत, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी र महिन्द्रराय यादव पनि माओवादी कोटाबाटै मन्त्री छन् । सुशीला सिर्पाली ठकुरी माओवादीबाटै पर्यटन राज्यमन्त्री छिन् ।
यी मध्ये कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका मन्त्रीलाई फिर्ता बोलाइने माओवादीको उक्त स्रोतले जनाएको छ । सम्भवत पर्यटन मन्त्री सुदन किराती वा अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाएर जनमतकी अनिता साहलाई मन्त्री बनाइने तयारी छ ।
Advertisement 3
प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएलगतै मन्त्रीपरिषद् पुर्नगठन हुने जनाइएको छ ।