चार प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको हो ।
अस्ति मंगलबारको निर्णय अनुसार ती प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परेका हुन । जसअनुसार,बाँकेको प्रमुख जिल्ला अधिकारी विपिन अधिकारी गृहमा तानिएका छन् भने त्यहाँ इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।अघिल्लो साता बाँकेको नेपालगञ्जमा भड्किएको धार्मिक विवाद समयमै नियन्त्रण गर्न नसकेपछि उनको सरुवाको माग गरिएको थियो । धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले पहल नदिँदा दुई समुदायबीच झडपको स्थिति आएको थियो । झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो ।

Advertisement 1

यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा पठाएर त्यहाँबाट इन्द्रदेव यादवलाई इलाममा खटाइँदा टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित :२०८० आश्विन २५, बिहीबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry