जनार्दनको ‘कम व्याक’ पछि सरुवा खोज्दै अधिकृतदेखि सहसचिवसम्मका कर्मचारी

जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा २६ दिन पछि पुन मन्त्रालयमा फर्किएसँगै केही कर्मचारीहरुले सरुवा खोज्न थालेका छन् । जस्मा सचिव मधुकुमार मरासिनी सहित केही सहसचिव र उपसचिवहरु समेत छन् । यस अघि नै अर्थमन्त्री पदमा रहुञ्जेल काममा फर्कन्न भनेर बिदा लिएका सचिव मधुकुमार मरासिनी हिजो मन्त्री शर्मा पुर्नबहाली हुने बुझेर उनी मन्त्रालयमा उपस्थित थिएनन । अर्थका एक सहसचिवका अनुसार अस्ति बेलुका अफिस छुटेपछि उहाँलाई नमस्कार गरेर बिदाबारी भएर घर फर्किदासम्म सचिव मरासिनी कार्यालयमा नआउने कुनै पूर्व सूचना थिएन तर आइतबार उनी मन्त्रालयमा देखिएनन बरु उनका सचिवालयका कर्मचारीहरुले पोखरा जानुभएको जानकारी गराए ।
साँझ ५ बजे अर्थमन्त्री शर्मा मन्त्रालयमा फर्कदा उनका स्वागतमा राजश्व सचिव कृष्णहरि पुष्करसहित अन्य कर्मचारीहरु खटिएका थिए । २६ दिन अघि राजीनामा दिएर अर्थ मन्त्रालयबाट बाहिरिएका शर्मा पुन मन्त्रीकै रुपमा मन्त्रालयमा फर्कने भएसँगै अर्थसचिव मरासिनीका अलवा चार जना सहसचिव र केही अधिकृतहरुले सरुवा लिने तयारी गरिरहेको अर्थ स्रोतको भनाई छ ।

प्रकाशित :२०७९ श्रावण १६, सोमबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry