अख्तियारकै पूर्वप्रमुख इतिहासमा पहिलोपटक भ्रष्टाचारी ठहर
ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर भएका छन् ।उनीहरुसँगै प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ ।
Advertisement 1
उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतको फैसला छ ।प्रधानमन्त्री निवासको जग्गा विस्तार गर्दा सरकारी जग्गा मोहीलाई सट्टाभर्ना गर्ने भनी गरेको निर्णय र प्रस्ताव तयार गरेकोमा बस्न्यात र पन्तलाई दोषी ठहर गरेको हो । उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिव हुदा गरेको निर्णयमा दोषी ठहर भएका हुन् ।
भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वप्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । यसअघि अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक घुसकाण्डमा दोषी ठहर भइसकेका छन् । बस्न्यात ०६६ मा भौतिक मन्त्रालयको सचिव रहँदा ललितानिवास क्याम्पको जग्गा हिनामिनासम्बन्धी निर्णयमा संलग्न थिए । बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा त्यतिवेला ललितानिवास क्याम्पको १९ रोपनी १५ आना एक पैसा एक दाम जग्गा हिनामिना भएको थियो ।