उम्मेद्धारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन ?
आउँदो मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्धारी दर्ताको क्रम चलिरहेको छ । उक्त समयमा उम्मेदवारले खर्च गर्न पाउने शीर्षकहरू निर्वाचन आयोगले तोकेको छ।
Advertisement 1
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही विभिन्न शीर्षकमा खर्च गर्न पाउने आयोगले जनाएको छ।
उम्मेदवारहरूले मुख्य गरि प्रचार प्रसारका लागि आयोगले निर्धारण गरेको खर्च सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले बताएको छ।
Advertisement 2
जसअनुसार, उम्मेदवारहरूले मतदाता नामावली खरिद गर्न, प्रचार प्रसार सामग्री खरिद गर्न, गोष्ठी अन्तरक्रिया गर्न, छापा एवं विद्युतिय माध्यम (सामाजिक सञ्जाल समेत) बाट प्रचार गर्न लगायतमा खर्च गर्न पाउने छन्।
त्यस्तै, उम्मेदवारहरूले कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारी साधनका लागि, ढुवानी तथा अन्य प्रचार प्रसार गर्ने शीर्षकमा खर्च गर्न पाउने छन्।
Advertisement 3
आयोगले प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। त्यस्तै, प्रदेस सभातर्फका प्रत्यक्ष उम्मेदवारलाई १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
यसरी खर्चको सीमा तय गर्दा आयोगले निर्वाचन क्षेत्रका आधारमा खर्च सीमा तयार पारेको हो।
यता, समानुपातिक उम्मेदवारलाई भने संघतर्फका उम्मेदवारलाई पार्टीले बुझाएको बन्दसूचीका आधारमा प्रतिउम्मेरदवार २ लाख बराबर र प्रदेशतर्फ बन्दसूचीमा राखेका प्रतिउम्मेरदवार १ लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले बताएको छ।