अर्थमन्त्रीज्यू कर्मचारीको घरमा पुगेर एकपटक तिनको विजोग पनि हेर्नुहोस्

सरकारले ल्याएको बजेटले निजामती कर्मचारी थप निराश भएका छन । वजेटले कर्मचारीहरुको मनोबल गिराउने काम गरेको छ । धेरै आशा गरिएको वाम सरकारले ल्याएको वजेटबाट कर्मचारी वर्ग निराश छन् । कर्मचारी वर्गका लागि यो दुःखद निर्णय हो ।

Advertisement 1

हामी निजामती कर्मचारीहरुले यस प्रकारको बजेट आँउछ भन्ने अपेक्षा राखेकै थिएनन् । म मात्र होइन कुनै पनि कर्मचारीहरुले यस प्रकारको बजेट आउँछ भन्ने कल्पना समेत गरेका थिएनन् । तर, आइदियो । अब यस विषयमा ट्रेड युनियनको बैठक बस्दैछ । र, त्यस्ले गतिशिल निर्णय लिनेछ । प्रत्येक दुईरदुई वर्षमा कर्मचारीको २५ प्रतिशत तलब बढाइने भनिएको पनि छ । महगी अनुसार तलब समायोजन गरिने पनि भनिएको छ । तर, यो पटक मुलुक संघीयतामा गएको र अर्थतन्त्र टाट पल्टिएको कारण देखाइयो र कर्मचारीहरुको तलब नबढाउने बाहनावाजी बनाइयो । सांसदहरुलाई एक करोड रुपैंया थपियो विकास कोषका नाममा तर हामी राष्ट्रसेवक कर्मचारीहरुलाई चाहिँ भिखमङ्गा जस्तो व्यवहार गरियो । जम्मा एक हजार रुपैया तलब बढाइयो ।

महगी बढे अनुसार यो एक हजारले के गर्ने ? म आदरणीय अर्थमन्त्रीज्यसँग आग्रह गर्ने चाहन्छु अर्थमन्त्रीज्यू एकपटक कर्मचारीको घरमा गएर तिनको विजोग पनि हेरियोस् । अनि थाहा हुन्छ किन कर्मचारीको तलब वृद्धि गर्ने ? त्यसकारण ठूलो महत्वकाक्षीभन्दा पनि दीर्घकालीन र समयसापेक्षअनुरुपको बजेट जरुरी छ ।

Advertisement 2

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry