जनता टेलिभिजनलाई प्रभु बैंकले दियो कालोसूचीमा राख्ने चेतावनी
जनता प्रशारण तथा प्रकाशनका नाममा प्रभु बैंकले ३५ दिने सार्वजनिक सूचना निकालेको छ । यो कम्पनीले प्रभु बैंकबाट लिएको ऋृण नतिरेपछि बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
Advertisement 1
प्रभु बैंकले प्रकाशन गरेको सार्वजनिक सूचनामा जनता प्रशारण तथा प्रकाशन पब्लिक लिमिटेडका सञ्चालक समेत रहेका पौडेल सहितका सञ्चालक तथा जमानतकर्ताहरु डा विजय पौडेल, रम्भा पौडेल तथा उदया शर्मा पौडेल, लंकबहादुर केसी, गोपीरमण उपाध्याय, प्रेमलकुमार खनाल, भगीरथ सापकोटा, डा रमेशचन्द्र पौडेल, नारायणप्रसाद सुवेदी, पोमनारायण अधिकारी र अरुणप्रसाद नेपाललाई ३५ दिने सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधि भित्र बैंकको सम्पूर्ण रकमचुक्ता फछ्यौट नगरेमा ऋणीसहित जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराईने बैंकले जनाएको छ ।
बैंकले बैंकबाट ऋणीले लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धित शर्त कबुलियत उल्लघंन गरेको तथा पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणीले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको भन्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ ।
Advertisement 2
जनता टेलिभिजनका सञ्चालक रहेका पौडेल सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेतासमेत हुन् ।