क्रिकेटर डेभिड मिलर नेपालमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन्।
Advertisement 1
उनी आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हन्। मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। उनी पहिलोपटक नेपाल आएका हन्।
कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो।
Advertisement 2
बायाँहाते ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन्।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै २ शतक र ९ अर्धशतकसहित २ हजार ८०४ रन बनाएका छन्।
Advertisement 3
त्यस्तै, उनले १८० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ८ शतक र २४ अर्धशतकसहित ४ हजार ७६२ रन बनाएका छन्।
समग्र टी–२० क्रिकेटमा उहाँको अनुभव अझ प्रभावशाली छ। मिलरले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सलगायत टोलीबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए।
सन् २०१७ मा बङ्गलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तरराष्ट्रिय शतक प्रहार गर्नुभएका मिलर विश्व क्रिकेटका अनुभवी मध्ये एक मानिन्छन्।
तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ।








