पुल्चोकका एक अब्बल कमाण्डर, लयमा फर्काउँदै विभाग
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको डेढ महिनापछि राजश्व अनुसन्धान विभागले फेरि ठूलो मुद्दा दायर गरेको छ ।
Advertisement 1
राजश्व अनुसन्धान विभागको नेतृत्व सहसचिव नवराज ढुङ्गानाले गरिरहेका छन् । उनले नेतृत्व सम्हालेपछि पछिल्ला समय विभागले इतिहासकै ठूलो अपरेसनहरु गरिरहेको छ । विभागले आज जयबाबा इँटा उद्योगविरुद्ध ६ करोड ७८ लाख बिगो कायम हुनेगरी उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार कानुनतः ६ करोडभन्दा बढी बिगो कायम भएमा १ वर्षदेखि ३ वर्ष कैद सजाय हुने छ । राजस्व चुहावट गरेको अभियोगमा विराटनगरस्थित उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको राजस्व अनुसधानका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।उनीहरूलाई कैद सजायसमेत माग गरिएको छ । अनुसन्धानका क्रममा इँटा बिक्री गर्दा ग्राहकलाई सादा बिल दिएर आयकर र मूल्य अभिवृद्धि कर भ्याट छलेको अभियोग पत्रमा उल्लेख छ ।
Advertisement 2
पुल्चोकस्थित राजश्व अनुसन्धान विभाग अन्य विभागहरुभन्दा शक्तिशाली विभाग मानिन्छ । जस्को कार्यक्षेत्रमध्ये पहिलो प्रथामिकतामा पर्दछ राजस्व चुहावट अनुसन्धान र रोकथाम । यस अघि उनले वीरगन्ज भन्सार प्रमुख हुँदा उपलव्धिमुलक काम गरेर देखाएका र सरकारका आँखामा समेत परेका ढुङ्गानाले सो विभाग कमाण्ड गरेसँगै विभाग लयमा फर्किएको छ । यो कार्यालयलाई ढाल बनाएर धन्दा चलाउँदै आएका गिरोहदेखि त्यहाँका बदनाम कर्मचारीहरुसम्म अहिले भागाभाग चलेको छ । भने राजश्वमा तर मार्न पल्किएका व्यापारीहरुको निन्द्रा गायब भएको छ ।