कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना

डोटीमा कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो।

Advertisement 1

पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्।

उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेलका अनुसार भण्डारी कार्यक्रमको फेसबुक लाइभमा देखिएका थिए।

Advertisement 2

प्रकाशित :२०८० आश्विन ९, मंगलवार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry