भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय

भोलि मंगलबार फागुन १ अर्थात “जनयुद्ध दिवस” । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा मंगलबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

Advertisement 1

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघीय सरकारले गत वर्ष “जनयुद्ध दिवस” का दिन फागुन १ मा बिदा दिएको थियो।

तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ। गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो।

Advertisement 2

विभिन्न स्थानीय तहहरूले भने “जनयुद्ध दिवस” का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

प्रकाशित :२०८० माघ २९, सोमबार १३:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry