मुकुन्द निरौला सचिवमा बढुवा

सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख तथा सह सचिव मुकुन्द प्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आज दिउँसो २ बजे बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गरेको स्रोतले बताएको छ ।

Advertisement 1

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको उक्त एक सचिव पदका लागि बढुवा समितिले सहसचिवहरु क्रमशः मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको हो ।

Advertisement 2

बढुवा समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको सिफारिस गरेको थियो । बढुवाका लागि सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । निरौला चारपटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । सचिवमा सिफारिस भएका निरौला गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख हुन् । यो महाशाखा उत्यान्तै संवेदनशील र महत्त्वपूर्ण मानिन्छ ।

प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry