बीस बर्षे गुरुयोजना बनाउँदै उत्तरगया गाउँपालिका

रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकाले २० बर्षे रणनीतिक गुरुयोजना बनाउने भएको छ । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० बर्षे समष्टिगत योजना निर्माण गरिन लागेको हो । पालिकाले बनाउन लागेको २० बर्षे रणनीतिक गुरुयोजनालाई  पूर्व सचिव डा मानबहादुर विके संयोजक रहेको एउटा टोलीले सहजीकरण गरिदिने छ ।
जनप्रतिनिधि,पालिकाका कर्मचारीहरु फिल्डमा गएर दुई महिनाभित्र पालिकाको सम्पूर्ण वस्तुस्थितीको सुक्ष्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

Advertisement 1


यसको पूर्वतयारी स्वरुप विज्ञ,सरोकारवालाहरुलाई समेटेर ७ र ८ गते दुई दिनसम्म उत्तरगया गाउँपालिकाको २० बर्षे रणनीतिक गुरुयोजना गोष्टीको आयोजना गरेको हो ।
गोष्टीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्प कँडेल,बीत्त आयोगका अध्यक्ष डा बालानन्द पौडेल,पूर्व सचिव मानबहादुर विके,इञ्जिनियर कपिल आचार्य,डा लेखनाथ पौडेल लगायतका विज्ञहरुले आ आफ्नो धारणा र सुझाव पेश गरेका थिए ।


सो कार्यक्रममा प्रतिनिधि सभाका रसुवा जिल्लाका सांसद मोहन आचार्यले पालिका अध्यक्ष माधव अर्यालले अहिलेसम्म सिकेको ज्ञान र आफ्नो चिनजानलाई प्रयोग गरी उत्तरगयालाई सम्बृद्ध पालिका बनाउन लागिपरेको बताए ।
यस्तै,रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रसुवा जिल्लाकै नमूना कार्यक्रम उत्तरगयाँ गाउँपालिकाबाट प्रारम्भ भएको र यसको अनुशरण अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।

Advertisement 2


यस्तै माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० बर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
एमालेका नेता  डिल्ली सुवेदीले रसुवा जिल्लाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नहोस र नतुहिने खालको बनोस भन्ने शुभेच्छा व्यक्त गरे ।
काँग्रेसका जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो प्रतिवद्धता व्यक्त गरे ।

Advertisement 3

पालिका अध्यक्ष माधव अर्यालले सम्बृद्ध मुलुक निर्माण गर्नका लागि दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुरुप गुरुयोजना निर्माणमा लागेको बताए । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० बर्षे समष्टिगत योजना निर्माण हुने र यो गुरुयोजना सबै दलको साझा कार्यक्रम भएको उल्लेख गर्दै पालिकाले यसलाई सहजीकरणमात्र गरिदिएको बताए ।

प्रकाशित :२०७९ चैत्र ९, बिहीबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry