सचिवलाई हाजिर हुन मन्त्रीको तगारो

प्रदेश २ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हाजिर हुन पुगेकी सचिवलाई हाजिर हुन नदिएपछि मन्त्री र सचिवबीचको द्धन्द उत्कर्षमा पुगेको छ ।

Advertisement 1

संघीय कृषि मन्त्रालयबाट सरुवा भएर २ नम्बर प्रदेशको कृषि मन्त्रालय हाजिर हुन पुगेकी सचिव सम्झना काफ्लेलाई त्यहाँका मन्त्री शैलेन्द्र साहले हाजिर हुन नदिइएपछि दुबै जनाबीच विवाद चर्किएको हो ।

केन्द्रबाट प्रदेशमा रमाना लिएर हाजिर हुन पुगेकी सचिवको कार्यकक्षमा ताल्चा लगाइएकोमात्र छैन् । त्यहाँ उनीसहितका कर्मचारीमाथि हातपात र दुर्व्यवहार समेत भएको बताइएको छ । सचिव काफ्लेले भने हाजिर हुन जाँदा अवरोध गरिएको र आफू केही नबोली मन्त्रालयबाट फर्किएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्,म सचिव भएकोले प्रक्रियागत हिसाबले चल्ने हो । प्रमुख सचिवको निर्देशनमा काम गर्ने हो । कार्यकक्षमा ताल्चा लागिरहेकाले निवासमै बसिरहेकी छु । म यहाँ झगडा गर्न आएकी होइन । काम गर्न आएकी हुँ । मुख्यमन्त्री र प्रमुख सचिवज्यूले जे निष्कर्ष निकाल्नुहुन्छ, म त्यही मान्ने हो । सचिवको छिटोछिटो सरुवा हुँदा मन्त्रालयको कार्यसम्पादनमा समस्या भइरहेको कुरा सुनेकी छु । यो राजनीतिक विषय भएकाले यसको हल गर्ने जिम्मा त मन्त्रीज्यूहरूकै हो ।

प्रकाशित :२०७७ आश्विन १०, शनिबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry