डीआईजीको राजीनामा हेर्डक्वार्टरबाट फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले दिएको राजीनामा हेर्डक्वार्टरबाट अस्वीकृत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा कार्यररत डीआईजी चन्दले विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटपिट भएपछि गत शनिवार राजीनामा दिएका थिए । विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । तर उनले दिएको राजीनामा रितपूर्ण नभएको भन्दै भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको हो ।

Advertisement 1

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक  नभएको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले फिर्ता गरिदिएको नक्साल स्रोतले जनाएको छ । उनको कार्यकाल २०८१ चैतसम्म बाँकी छ ।

प्रकाशित :२०८० माघ २२, सोमबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry