सरकारले संसदमा प्रस्तुत गर्यो निजामति सेवा विधेयक फिर्ता गर्ने प्रस्ताव

सरकारले निजामती सेवा विद्येयक ०७५ फिर्ता लिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सो विधेयक फिर्ता लिइएको हो । झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

Advertisement 1


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका वावजुत पनि सो विद्येयक फिर्ता लिइएको हो । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक फिर्ताको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले विधेयक फिर्तामा स्वीकृती जनाएका थिए भने सुवालको फिर्ता लिन नहुने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

नेकपा एमालले गत भदौ २३ गते शुरू भएको प्रतिनिधि सभाको अधिवेशनको शुरूको बैठकदेखि नै नेकपा एमालेले विरोध जनाएको छ ।

Advertisement 2

एमालेको नाराबाजीका बावजुद सरकारले प्रतिनिधि सभा बैठकमा संघीय निजामती विधेयक २०७५ फिर्ता लिएको छ ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पेश भएको सो विधेयक सरकारले फिर्ता लिन लागेको हो ।

प्रकाशित :२०७८ आश्विन २२, शुक्रबार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry