नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement 1

नवनियुक्त अध्यक्ष घिमिरेले सोमबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र बुझेका छन्। नियुक्तिपत्र ग्रहण गरेलगत्तै उनले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

घिमिरेको नियुक्तिसँगै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ नेतृत्व पाएको छ। प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियमन, सेवा प्रदायकहरूको अनुगमन, रेडियो फ्रिक्वेन्सी व्यवस्थापन तथा सूचना–सञ्चार प्रविधिसम्बन्धी नीतिको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

Advertisement 2

नवनियुक्त अध्यक्ष घिमिरेको नेतृत्वमा दूरसञ्चार क्षेत्रको नियामकीय क्षमता अभिवृद्धि, सेवा विस्तार, डिजिटल पूर्वाधार विकास तथा सूचना प्रविधि क्षेत्रको प्रभावकारी नियमनलाई थप गति मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ असार ३०, मंगलवार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry