अर्थमन्त्रीका प्रेस सल्लाहकार भन्छन् एक दिनको लागि बिदा
अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् ।
Advertisement 1
बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ । तर, अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारी भने सचिव मरासिनीले श्रीमती बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको जानकारी दिए ।
मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिइसकेका छन् ।
प्रकाशित :२०७९ असार २२, बुधबार ११:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%