दल निकट झोले संगठनहरुबाट पार लागेन त्यसैले निजामती सेवा बचाउन लागेँ
निजामती सेवामा नब्बे हजार आसपासमा कर्मचारीहरु छन् । त्यही मध्येको निजामती सेवाकै नायव सुब्बा पदमा कार्यरत कर्मचारी पशुपति पोखरेल पछिल्ला दिनमा चर्चाको शिखरमा छन् । उनी आन्दोलन चर्काउँदैछन् । पछिल्ला दिनमा पशुपति नेतृत्वको आन्दोलनमा जोडिने कर्मचारीको ताँती लागेको छ। पोखरेल तिनै कार्यालय सहयोगी देखि लिएर तल्ला पदमा कामकाज गर्दै पिल्सिएका कर्मचारीको हक हितका लागि दिलोज्यान दिएर लागिपरेका छन् । पोखरेलले स्वतन्त्र निजामती कर्मचारी संगठन खडा गरेर आन्दोलन चर्काईरहेका छन् । कर्मचारीको हक हितका लागि मरिमेटेर लागेका उनको अभियानले बिस्तारै आकार ग्रहण मात्र गरेको छैन राज्यलाई धक्का मार्ने तहमा उत्रिएको छ। उनी भन्छन् यो निजामती प्रशासनलाई ध्वंश कसैले बनाएको छ भने त्यो राजनीतिक संरक्षणमा रहेका कर्मचारी संगठनबाट भएको छ ।
Advertisement 1
म लामो समय १३÷१४ वर्षको लामो समय निजामती सेक्टरमा अग्र भूमिकामै रहेर मैले काम गरेको छु। ट्रेड युनियनहरूमा रहेर पनि मैले काम गरेको छु। यी सबै कुराहरुलाई हेर्दै जाँदाखेरि जुन हिजो राजाको शासनकालमा निजामती प्रशासनमाथि जुन किसिमको हैकमवाद थियो ती प्रशासकहरु संवादमा हिँडिरहेका थिए। अहिले मुलुकलाई स्वतन्त्र हुँदै आइसकेको र गणतन्त्रको स्थितिमा आइसकेपछि कर्मचारीहरुले ट्रेड युनियनका नाममा कर्मचारी संगठनहरुले ब्याज खाने काम गरेर गरेका छन् । सर्भे नै गरेर हेर्ने हो भने ट्रेड युनियन आवश्यक छ भन्नेमा कर्मचारीहरु ८० प्रतिशत पनि पाइँदैन। ८० प्रतिशत कर्मचारी ट्रेड युनियनको विरुद्धमा छन्। २० प्रतिशत भन्दा कर्मचारीहरुले ट्रेड युनियन आवश्यक छ भन्दै भन्दैनन् जसले त्यसको लाभ लिएका छन् । ट्रेड युनियनको भूमिका कुनैबेला थियो हिजो जुन शासकले टेर्दैन थियो कर्मचारीलाई निकाल्ने गर्थ्यो पेल्ने गर्थ्यो काममा लाउने कुरामा चाहिँ आफन्त अथवा नजिकका मान्छेहरु मान्छेहरूलाई काम लगाइन्थ्यो विभेद हुन्थ्यो त्यो बेलामा हामीले ट्रेड युनियनको माग गरेका हौँ। त्यो ट्रेड युनियनसँग लडेका पनि हुन्। गर्यो तर अहिले बिस्तारै उनीहरू दलको पूर्ण रुपमा भातृ संगठनको रुपमा काम गर्ने र भोट माग्ने, नेताको चाकरी गर्ने, नेता सँगसँगै हिँड्नुपर्ने र तल्लो स्तरसम्म पनि कमिटेट गर्नुपर्ने यदि कमिटेड भएन भने उसलाई सरुवामा अवरोध गर्ने सकेसम्म अवरोध गर्ने सकेसम्म बढुवामा पनि अवरोध गर्ने काम भएको छ । त्यसैले हामीले भनेका छौँ सकेसम्म एउटा मात्रै ट्रेड आधिकारिक ट्रेड युनियन हुनुपर्छ। आधिकारिक ट्रेड युनियन प्रत्यक्ष निर्वाचन हुनुपर्छ। हामी आइडेन्टी कार्डका आधारमा त्यो चुनाव लड्छौं र जसले त्यसलाई जित्छ त्यसले आफ्नो कार्यकालमा ट्रेड युनियन कर्मी भएर काम गर्छ र अन्यले चाहिँ कार्यालयमा काम गर्नुपर्छ भनेर माग गरेका छौँ । अहिले ४ देखि पाँचवटासम्म राष्ट्रिय स्तरका ट्रेड युनियनहरू छन् जो दलगत ट्रेड युनियनहरू हुन् उनीहरू सधैँजसो काजमा रहन्छन्। जिल्लादेखि केन्द्रसम्म सबै काजमा रहन्छन्। विदेश दौडन र संगठन विस्तार गर्न उनीहरू दौडिरहन्छन्। उनीहरू काम नगरिकन राज्यबाट तलब बुझेका छन् । त्यसैले यस्तो कर्मचारी संगठन आवश्यक छैन् । हामी भियन्ता मात्र हौं ।
कर्मचारीको हितमा लड्दै
कर्मचारी संगठनहरुले कर्मचारीहरुको हकहितमा काम गर्न छाडेपछि उनीहरुले जे गर्नुपर्ने त्यसैमा लागि परेका छौं हामी । हामी अहिले दलीय व्यवस्थामा रहेको ट्रेड युनियनको विरुद्धमा छौं । गणतन्त्र आएपछि ट्रेड युृनियनले आफ्नो औचित्य पुष्टि गर्न सकेका छैनन् । हामी कुनै राजनीतिक दलसँग निकट छैनौं । अहिले दलीय व्यवस्थामा रहेको ट्रेड युनियनको विरुद्धमा छौं हामी । हिजो राजाको शासनकालमा दलसँग मिलेर प्रजातन्त्रका लागि लड्नुपर्ने समय थियो, कर्मचारीको स्वतन्त्रताका लागि लड्न पर्ने समय थियो । त्यतिखेर आवश्यकता थियो होला । यो गणतन्त्र आइसकेपछि ट्रेड युनियनले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन ।कर्मचारीमाथि सरकारको नाङ्गो हस्तक्षेप छ । सरकारले कर्मचारीलाई पटक–पटक नङ्ग्याएको छ । संविधान बनेको ८÷८ वर्षसम्म ऐन ल्याउन सकेको छैन् । कर्मचारी समायोजनको बेथितिको कारण मान्छे आत्महत्यासमेत गर्न परेको छ । यस्तो अवस्थामा पनि ट्रेड युनियनले कुनै निकास दिन सकेको छैन । हामी सरकारले कर्मचारीमाथि गरिरहेको विभेद विरुद्धको लडाईँमा छौं । संघीय निजामती सेवा ऐन समयमै ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेश द्वार स्थानीय सेवामा मात्र हुनु पर्ने,सरुवा प्रणाली सहमतीका आधारमा नभई अनुमान योग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने,अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने,स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने, भौगोलिक आधारमा उपलब्ध गराइएको स्थानीय भत्ता समयानुकुल तलव भत्ता सँगै परिमार्जन गर्नुपर्ने, सबै कर्मचारीका २ सन्तानलाई गुणस्तरीय उच्च शिक्षा सम्म निमुल्क शिक्षा तथा छात्रवृत्तिको व्यवस्था तत्काल लागु गर्नुपर्ने, करारका कर्मचारीहरुलाई पनि निजामति सेवा सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने जस्ता मागहरु हामीले माग गर्दै आएका छौं ।
Advertisement 2
कर्मचारी संगठनका नेताहरुको आरोप
१३ बर्ष भयो निजामती सेवामा जोडिएको । नजिकबाट हेर्दैछु,निजामती सेवा,कर्मचारी ट्रेड युनियनलाई । राजनीतिले हाम्रो निजामती प्रशासन नाङ्गो पारेको छ । यसको एउटा उदाहरण पस्कदैछु,विगत केहि महिना अगाडि नियमित रुपमा १० बुँदे नारा लेखिएको टिसर्ट सिंदहरबार छिरेर सचिव,मन्त्रीहरुलाई भेटिरहेकै थिए । तर साउन ३० मा बल्ल मेरो टिसर्टमा प्रहरीको आँखा प¥र्यो । एउटा राष्ट्रसेवकलाई सिंहदरबारको गेटमा रोकियो र भनियो यो टिसर्ट लगाएर तपाई भित्र छिर्न पाउनुहुन्न । लुगा लगाएर सिंहदरबार छिर्न रोक लगाए पछि लुगा खोल्नुको विकल्प रहेन । र,नाङ्गै प्रवेश गर्न खोजे सिंहदरबार । प्रहरीले पक्राउ गरेर लग्यो सात घण्टा थुनेर छोडिदियो । दल निकट झोले संगठनहरुबाट पार लागेन त्यही कारण निजामती सेवा बचाउनका लागि स्वतन्त्र अभियान चलाउँदा ट्रेड युनियनका टाउकाहरुको आँखाको तारो बन्न पुगेको छु । त्यही कारण हो मलाई यस्तो आरोप लगाएको हो र पक्राउ गरिएको थिइयो ।