करार कर्मचारीको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्न माग

 

Advertisement 1

स्थानीय तहमा कार्यरत करार सेवाका कर्मचारीहरुले पहिला आफूहरुको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवाको विज्ञापन गर्न माग राखेका छन् । उनीहरुले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन ।
कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग राख्दै पहिला अस्थायी तथा करार कर्मचारीहरुको व्यवस्थापन गरेर मात्र प्रदेश लोक सेवा आयोगबाट विज्ञापन हुनुपर्ने माग त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राखेका हुन ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कर्णाली प्रदेशका कर्मचारीहरुले सो प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश लोक सेवा आयोग र प्रदेशसभा सचिवालयलाई सङ्घीयता कार्यान्वयनको पहिलो चरणमा आफूहरुले पु¥याएको योगदानको स्मरण गराउँदै मागपत्र बुझाएका ह्न ।

उनीहरुको माग पत्रमा भनिएको छ,‘ संघीयता कार्यन्वयनको अबस्था देखि स्थानीय तह सम्म लामो समयमा कर्मचारीको अभाव भएको भन्दै उनीहरुले उक्त समयमा कर्णाली प्रदेशका विभिन्न कार्यालयहरूमा सफलता पूर्वक काम गरेका छन् । साथै नेपालमा संघीयता निजामति सेवा ऐन आइनसकेको र स्थानीय सेवा आयोग पनि नबनिसकेको अवस्थामा हामी विगत लामो समयदेखि कर्णाली प्रदेशका विभिन्न कार्यालय र स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीको सेवा सुनिश्चिता तथा स्थायित्वको अनुरोध गर्दछौं।’
जवाफमा मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुनमा व्यवस्था भएअनुरुप नै अघि बढ्ने बताए ।

Advertisement 2

सङ्घका प्रदेश सचिव प्रकाशकुमार विसीले स्थानीय सरकार सञ्चालन ऐनको मर्म अनुरुप अस्थायी तथा करार कर्मचारीहरुको मात्र आन्तरिक प्रतिष्पर्धा गराउन माग गरे ।

प्रदेश लोक सेवा आयोगद्धारा प्रकाशित कार्यतालिकामा यही पुस महिनाको अन्तिम मंगलबार स्थानीय तह (सहायकस्तर पाँचौं) का विभिन्न पदमा र आगामी माघ अन्तिम मंगलबार चौथो तहका पदहरुमा विज्ञापन प्रकाशन गर्ने उल्लेख छ ।

Advertisement 3

 

 

प्रकाशित :२०७८ पुष १२, सोमबार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry