३५ स्थानीय तहको १ करोड ८८ लाख अनुदान कटौती

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ३५ स्थानीय तहको अनुदान कटौती गरेको छ । मन्त्रालयले ती स्थानीय तहको झण्डै दुई करोड अनुदान कटौती गरेको हो । मन्त्रालयका अनुसार समायोजन भएर स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई हाजिर हुनै नदिने देशभरका ३५ स्थानीय तहको अनुदान कटौती भएको हो ।
यसरी अनुदान कटौती भएका स्थानीय तहहरुमा काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका,मध्यपुर ठिमी नगरपालिका,भक्तपुरदेखि नेपालगञ्ज उपमहानगरपालिकासम्म छन् ।
यी स्थानीय तहहरुले ४५ जना कर्मचारीहरुलाई हाजिर हुन नदिई फर्काएका थिए । समायोजन भई हाजिर हुन नपाएका कर्मचारीहरुलाई तलब भत्ता प्रदान गर्दै आएकोमा अब एक वर्षको लागि भने तलबभत्ता कटौती गरेको हो ।

Advertisement 1


यसरी स्थानीय तहको तलत्र भत्ता कटौती भएकोमध्ये हलेसी तुवाचुङ नगरपालिका पनि छ । त्यहाँ आधिकारिक ट्रेड युनियनका कार्यबहाक अध्यक्ष भोला पोखरेल समायोजन भएका थिए ।त्यो उनको आफ्नै गृह जिल्ला हो । तर उनको हाजिर हुन दिएको नभई उनी आफैं त्यहाँ नगएका हुन् । त्यतिखेर उनले स्थानीय तहलाई दबाब दिएर ट्रेड युनियनको नेता स्थानीय तहमा समायोजन हुँदा ट्रेड युनियनको कामकाज प्रभावित हुने भन्दै पत्र बनाउन लगाई आफ्नो समायोजन उल्टाएका थिए ।उनको कारण सो स्थानीय तहको ४ लाख ५० हजार ५१ रुपैंया अनुदान काटिएको छ ।

गत १० मंसिरको मन्त्रिपरिषद्को बैठकले हाजिर नभएका कर्मचारीहरुको अनुदान कटौती गर्ने निर्णय गरेको थियो सोही । निर्णय बमोजिम अर्थमन्त्रालयले मंसिर २६ गते उनीहरुको विवरण पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Advertisement 2

अर्थमन्त्रालयको सोही पत्राचार अनुसार आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर नहुने ३५ स्थानीय तहका ४५ जना कर्मचारीहरुको विवरण अर्थमा पठाएको हो ।

यस सँगै अब ती ४५ जनाको तलब भत्ता कटौती हुने भएको छ । उनीहरुको साउनदेखि चैतसम्मको तलब भत्ता कटौती हुने भएको हो । उनीहरुको १ करोड ८८ लाख रुपैयाँ अनुदान कट्टा हुने भएको मन्त्रालयले उल्लेख गरेको छ । अब सो रकम सरकारको ढुकुटीमा जम्मा हुनेछ ।

प्रकाशित :२०७७ पुष २, बिहीबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry