अध्यागमन अधिकृतको औसत दैनिक आम्दानी ४५ हजार

एक जना सामान्य अधिकृतस्तरको कर्मचारीको आम्दानी कति हुन्छ ? अहिलेको तलबमान अनुसार अफिसरले सुख्खा तलबमात्र थाप्दा उस्को हातमा पर्ने ४३,६६८ मात्र हो । इमान्दार अफिसरहरु भन्छन् कि यो तलबले काठमाडौंमा जीवन धान्दै धौ धौ पर्दछ तर अध्यागनमा खटिएका कर्मचारीहरुले मासिक रुपमा बुझ्ने तलब हाराहारीकै अतिरिक्त आम्दानी दैनिक रुपमा गर्ने गरेको तथ्य प्रकाशमा आएको छ ।

Advertisement 1

अध्यागमनमा कर्मचारीको रोजाईमा पर्नुको मुख्य कारण त्यहाँ हुने अतिरिक्त आम्दानी । त्यही कारण अध्यागमन कार्यालयमा पुगेका कर्मचारी सरुवा हुनै नमान्ने,सरुवा उल्टाउने,सरुवा भए पनि तीन चार महिनामा च्यानल मिलाएर फेरि सोही कार्यालयमा फर्कने गरेको भेटिन्छ ।

त्रिभुवन विमानस्थल अध्यागमनमा खटिएका अधिकृतहरुले औसतमा प्रतिदिन ४५ हजारसम्म आम्दानी गर्ने गरेको तथ्य प्रकाशमा आएको छ । भिजिट भिसा प्रकरणमा डामिएर त्यहाँका अधिकृत नरविर खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ,उनैले दिएको बयानमा आधारमा त्यहाँका अधिकृतहरुले औसत दैनिक ४५ हजारसम्म कमाउने गरेका जनाएका हुन ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने काममा त्यहाँका कर्मचारीहरु संग्लग्न रहेका थिए । उनीहरुले नयाँको हकमा ५५ हजार र एक पटक विदेश गएर फर्किएका हकमा ४० हजार रुपैयाँ लिएर नक्कली कागजपत्रधारीहरुलाई अध्यागमन अनुमति दिने गरेका थिए ।
यसरी कीर्त काम गरे वापत एक जना अधिकृतको भागमा दैनिक ४५ हजारसम्म अतिरिक्त रकम पर्ने गरेका खड्काले प्रहरीलाई बयान दिएका हुन । यही प्रकरणमा डामिएर अदालतबाट पक्राउ पूर्जी जारी भएका ८ अधिकृत फरार छन् । जसमा एक अष्ट्रेलिया र अर्काे हङकङ पुगेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् । यसरी भाग्ने अधिकृतहरुमा ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागो रहेका छन् । उनीहरुविरुद्ध प्रतिवादी बनाएर आज जिल्ला सरकारी वकिल कार्यालयले आज अदालतमा मुद्धा लैजाने तयारी गरिरहेको छ ।
९ अध्यागमन अधिकृतसहित २२ जनालाई प्रतिवादी बनाएर मुद्धा अगाडि लैजान खोजिएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement 2

 

प्रकाशित :२०८० माघ १८, बिहीबार ०५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry