सेवाकालीन तालिमका लागि ६ उपसचिव छनौंट हुँदा ५ जना काठमाडौंबाटै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवकालीन तालिममा छनौंट भएका ६ जना उपसचिव तहका कर्मचारीको नाम सार्वजनिक गरेको छ ।
एडभान्स कोर्स अफ म्यानेजम्यान्ट बिषयक तालिमका लागि ६ जना उपसचिवस्तरका कर्मचारीहरु छनौंट भएका छन् । भौतिक उपस्थितीमै दिन तागिएको सो तालिमका लागि जिल्ला समन्वय समिति सोलुखुम्बुका तीर्थ प्रकाश पौडेल,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका चिरञ्जिवी तिमिल्सिना,भुपेन्द्रप्रसाद सापकोटा,कृष्ण प्रसाद जैसी,सस्पेन्स बृज पुल्चोकका सिडिई गौरी कुमार श्रेष्ठ,तराई मधेश सम्बृद्धि कार्यक्रमका उपसचिव बिकाउ कुमार यादव रहेका छन् ।
६ जना कर्मचारीलाई तालिम दिन लागिएकोमा ५ जना काठमाडौंभित्रैका परेका छन् ।

Notices-20220708133452316
प्रकाशित :२०७९ असार २४, शुक्रबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry