कर्णालीका कर्मचारीलाई सात दिन विवाह विदा

कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीलाई सात दिन विवाह विदा दिनेगरी नियमावली बनाएको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलवी बिदामा तीन बिदा थप गरेको हो । १० माघमा राजपत्रमा प्रकाशित प्रदेश निजामती सेवा नियमावलीमा कर्मचारीलाई सात दिनसम्म विवाह बिदा दिने प्रावधान समेटिएको हो ।

Advertisement 1

नियमावलीको परिच्छेद ९५  मा भनिएको छ, ‘कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बिदामा बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ ।’नियमावलीमा विवाह विदा लिएर विवाह दर्ताको प्रमाणपत्र पेश नगरेकोे अवस्थामा भने कर्मचारीको बिदाको अवधि अन्य विदाबाट कट्टी गरिनेगरी व्यवस्था गरेको छ ।

यस्तै,प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू भागको भ्रमण गर्न सात दिन बिदा पाउने छन् । पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीयस्थलको भौगोलिक अवस्थितिका आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्नेछ ।

Advertisement 2

 

यसअघि गण्डकी प्रदेश सरकारले समेत अध्यादेशमार्फत कर्मचारीले ७ दिन विवाह बिदा दिने व्यवस्था गरिसकेको छ ।

Advertisement 3

 

प्रकाशित :२०८० माघ १४, आईतवार ०६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry