गृहको परिपत्र सरकारी तलव र पेन्सन खानेलाई सामाजिक सुरक्षा भत्ता नदिनु
गृह मन्त्रालयले सरकारी सेवाबाट अवकाश पाएकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिन सर्कुलर गरेको छ । सरकारी पेन्सन सुबिधा लिएकाहरुले समेत दोहोरो सुबिधा लिइरहेको भेटिएपछि मन्त्रालयले देशैभरका स्थानीय तहहरुलाई सर्कुलर गर्दै हाल सरकारी सेवामा रहेका व्यक्ति र सरकारी सेवाबाट अवकाश पाएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण नगर्ने परिपत्र गरेको हो । मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले देशभरका स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्न परिपत्र गरेको हो ।
Advertisement 1
जस अनुसार कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनित भई हाल बहाल भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नदिन विभागले परिपत्र गरेको हो । त्यस्तै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता नगर्न भनिएको छ ।