लौ चिन्नुहोस,ड्रेस नलगाई सिंहदरबार छिर्दा सतर्कताको फन्दामा परेका कर्मचारीहरु (विवरणसहित)
पोशाकको लागि सरकारबाट १० हजार भत्ता बुझ्ने तर हिरोइजम देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा सरकारी जागिर खाने कर्मचारीहरु राष्ट्रिय सर्तकता केन्द्रको फन्दामा परेका छन् ।
Advertisement 1
केन्द्रले हिजो गरेको छड्के अनुगमनको क्रममा बाहिरी पोशाक लगाएर कार्यालय जाने,तोकिएको समयमा कार्यालय नजाने,कार्यकक्षमा नबसी अन्यत्रै घुम्ने, पूरै समय कार्यालय नबस्ने, आफूखुशी हिँड्ने, बाहिरी पोशाक लगाएर हिड्ने कर्मचारीहरु फन्दामा परेका हुन ।
यसरी तोकिएको पोशाक नलगाउनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै कर्मचारीको बाहुल्यता रहेको भेटिएको छ । केन्द्रले हिजो दुई मन्त्रालय र दुई विभागमा गरेको अनुगमनको क्रममा २२२ कर्मचारी फन्दामा पर्दा २० जना तोकिएको सरकारी पोशाक नलगाएका कारण छड्केमा परेका हुन । जसमा संघीय मामिला तथा सामान्य प्रशासनका १८ जना कर्मचारी छन् ।जसमा एक सहसचिव,५ उपसचिव,२ अधिकृत फन्दामा परेका हुन ।
Advertisement 2
केही महिना अघि गृहबाट सामान्य प्रशासनमा भित्रिएका सहसचिव उमेश कुमार ढकाल, मन्त्री अनितादेवीको स्वकीयसहितका ५ उपसचिवहरु रेशम कँडेल,आरती न्यौपाने, राकेश पाण्डे, दशरथ राम ओड,रामुराज कडरीया फन्दामा परेका हुन ।
यस्तै शाखा अधिकृतहरु २ जना तोकिएको ड्रेस कोड नलगाएको भन्दै केन्द्रको फन्दामा परेका हुन । जसमा चिरन्जीवी नेपाल र सुदिप सापकोटा रहेका छन् ।
Advertisement 3
केन्द्रले इकर्मचारी डटकमलाई उपलव्ध गराएको विवरण अनुसार,हिजोको छड्केमा पर्नेमा सामान्य प्रशासनकै ६ जना नासुहरु रहेका छन् । जसमा महाप्रसाद गुरागाई, रिमा महर्जन,सुनिल महर्जन,कृष्ण कँडेल,उषा महर्जन रहेका छन् ।
यस्तै कम्युटर अपरेटरद्धय सुनिता रायमाझी र प्रल्हाद अधिकारी रहेका छन् । सामान्यकै कार्यालय सहयोगीद्धय प्रल्हाद अधिकारी र सिताराम श्रेष्ठसमेत तोकिएको ड्रेस नलगाएको भन्दै केन्द्रको छड्केमा परेका हुन ।
यस्तै केन्द्रको छड्केकै क्रममा पुरातत्व विभागका ईञ्जिनियर प्रेमराज पोखरेल र सब इञ्जिनियर रमेश नेपाली समेत केन्द्रको फन्दामा परेका हुन ।
सरकारले हरेक वर्ष सरकारी कर्मचारीहरूको लागि पोशाक भत्तामा मात्र झण्डै साढे १३ अर्ब हाराहारी खर्च गर्दै आएको छ । निजामती कर्मचारी पुरुषका लागि गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट तथा कालो जुत्ता अनिवार्य छ । यस्तै महिला निजामती कर्मचारीलाई गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट, कालो जुत्ता, स्याण्डल वा आकासे गाढा नीलो सारी, गाढा बैजनी रंगको सारीको पारी, पारीअनुसारको ब्लाउज वा आकाशे गाढा नीलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउन तोकिएको छ । तर पोशाक भत्ता बुझ्ने अनि टिर्सट र जिन्स प्यान्टमा ठाँटिएर सरकारी अड्डा धाउने कर्मचारीहरू फन्दामा परेका हुन ।
सेना, प्रहरी, डक्टर,नर्सहरूको झैं सरकारी कर्मचारीहरूको पनि ड्रेस कोड निर्धारण गरिएको थियो ०६८ साउन १ गतेबाट । तर सरकारी पोशाक लगाएर घुस बार्गेनिङ गर्दा पहिचान खुल्ने भयले विशेष गरी यातायात, मालपोत, भन्सारलगायत मालदार स्थानमा कार्यरत कर्मचारीहरूले तोकेको पोशाक लाउन आनाकानी गर्ने गरेको विगतमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनले देखाएको थियो ।
यस पटक संघीय मामिला तथा सामान्य प्रशासन,भौतिक पूर्वाधार,शहरी विभाग र पुरातत्व विभागमा हिजो गरेको छड्केमा सामान्यका १८ र पुरातत्व विभागका २ कर्मचारीले तोकिएको पोशाक नलगाएको भेटिएको हो ।