उपसचिव पदको नतिजा सार्वजनिक
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरले नतिजा सार्वजनिक गरेको छ । देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट गरिएको हो ।
Advertisement 1
संघीय संसद, सामानय प्रशासन सेवा समूहका उपसचिव पदको नतिजा आज जेठ तीन गते आयोगले सार्वजनिक गरेको छ । माग पद संख्या तीन जनामा दुई जना छनोट भएका छन् । जसमध्य गोविन्दप्रसाद गौतम र विकाश बोहरा छनोट भएका छन् ।
अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति सात दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुयाएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।