कर्मचारी सञ्चय कोषले बढायो ब्याजदर, साउनदेखि लागू हुने

Advertisement 1
कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । कोषको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि ब्याजदर बढाउने निर्णय गरेको हो । जसअनुसार अब सञ्चयकर्तालाई बचत र ऋण दुबैको ब्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले बढाएको हो । कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १ दशमलव ५ प्रतिशत विन्दुले बढाएर ८ प्रतिशत पुर्याएको छ । अब सञ्चय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत पाइने छ ।
यस्तै, सञ्चयकर्ताको विशेष सापटीमा ९ दशमलव १ प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९ दशमलव ७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १० दशमलव ३५ प्रतिशत ब्याक कायम गर्ने निर्णय गरेको छ ।
Advertisement 2
धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ० दशमलव २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । बजारमा तरलताको समस्या भइरहेको बेला सञ्चयकोषले पनि ब्याजदर बढाएको हो ।
कोषको बचत र ऋणको ब्याजदर अन्तर १ दशमलव १ प्रतिशत रहेको छ । गत वर्ष स्प्रेडदर १ दशमलव २५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ । कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले नयाँ ब्याजदर पारित गरेको हो ।