यी ३ कर्मचारीसँग २७ करोड ५१ लाख स्रोत नखुलेको सम्पत्ति
तीन जना कर्मचारीसँग मात्र साढे २७ करोड अवैद्य (स्रोत नखुलेको) सम्पत्ति रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ३१ औं प्रतिवेदन अनुसार तीन कर्मचारी र तीसँग जोडिएका १४ जनासमेत गरी २७ करोड ५१ लाख ५ हजार २८८ रुपैंया अवैद्य सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले प्रतिवेदनमा उल्लेख गरेको छ ।
अख्तियारको सो प्रतिवेदन अनुसार,सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इञ्जिनियर काशीप्रसाद गुप्ता,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बलभद्र प्रसाद दास र जलश्रोत तथा सिचाई विभागका सिनियर डिभिजनल इञ्जिनियर सुरेश कुमार शर्मासमेत तीन जना अन्य १४ प्रतिवादीसमेत गरी २७ करोड ५१ लाख ५ हजार २८८ रुपैंया गैरकानुनी सम्पत्ति आर्जन गरी सोको स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको हो ।
Advertisement 1
२०७७ भाद्र २५ मा काशीप्रसाद गुप्ता सिनियर डिभिजन इन्जिनियर सहरी विकास तथा भवन निर्माण विभाग (हाल अवकास प्राप्त) र निजको पत्नी मिता गुप्तासँग १६ करोड ७२ लाख ५७ हजार ४ सय ९७ रुपौया स्रोत नखुलेको सम्पती रहेको अख्तियारले जनाएको छ । अख्तियारले प्रतिवादीको रुपमा अन्जुकुमारी महतो, उदितनारायण रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्त, प्रीतिकुमारी गुप्ता, डा.रचनाप्रसाद शाह, विकाश प्र. गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता रौनिया र सन्तोष कुमार गुप्ता रहेका छन् ।
Advertisement 2
त्यस्तै ०७७ भाद्र २५ मा वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बलभद्र प्रसाद दाससँग स्रोत नखुलेको सम्पत्ति ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रहेको छ । अख्तियारले प्रतिवादीको रुपमा निजकी पत्नी पुनम दास पनि रहेको उल्लेख गरेको छ ।
त्यस्तै ०७७ आश्विन १५ मा जलस्रोत तथा सिंचाइविभागका सिनियर डिभिजन इन्जिनियर सुरेशकुमार शर्मासँग ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रुपौया रहेको अख्तियारका प्रवकता नारायण प्रसाद रिसालले जानकारी दिए । अख्तियारले प्रतिवादीको रुपमा नीजकी पत्नी बबिता फुयाल शर्मा रहेका छन् ।
Advertisement 3