प्रदेश सचिवलाई तीन महिना कैद,१० हजार जरिवाना
विशेष अदालतले मधेस सरकारको साइकल खरिदसम्बन्धि भ्रष्टाचारसम्बन्धि मुद्दामा प्रदेश सचिवलाई तीन महिना कैदको सजाय सुनाएको छ । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत मधेस सरकारले १० करोड ३३ लाख रुपैयाँ बराबरको साइकल खरिद गरेको थियो । साइकल किन्दा नियम मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष साउनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्धामा विशेष अदालतले फैसला सुनाउँदै मुद्दामा आंशिक ठहरको फैसला भएको छ ।
Advertisement 1
अदालतले प्रदेश सचिव याम प्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर गरेको हो । उनीहरुलाई ३–३ महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना भएको छ ।विशेषका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला आएको हो । फैसलामा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद फैसला भएको छ । साथै, दुवैलाई दश–दश हजार रुपैयाँ जरिवानाको पनि फैसला भएको छ ।भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव हुन् भने झा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका प्रमुख हुन्। यसैगरी, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।
प्रतिवादी रहेका सहलेखापाल राजाराम मण्डल, भण्डार शाखाका अधिकृत राम स्वार्थ महतो, खरिदार मोहन कुमार दास र ठेकदार रेनु अग्रवालाले सफाई पाएका छन् ।