प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा कुँवर
नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षिकहरू प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीपी० मा बढुवा सिफारिस भएका छन्।
Advertisement 1
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीपीमा बढुवा गर्न सिफासि गरेको हो।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयका अनुसार सिफारिसमा डिआईजीहरु क्रमशः मधेश प्रदेश प्रहरीका कार्यालय, जनकपुरका वसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका टेकप्रसाद राई र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका दिपक थापा परेका छन् ।
त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका किरण बज्राचार्य पनि बढुवाको निम्ति सिफारिस सूचीमा परेको समितिका सचिव तथा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जारी गरेको सूचनामा उल्लेख छ । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् ।
Advertisement 2
आईजीपीका प्रवल दावेदार मानिएका अशोक सिंह नागरिकता प्रकरण लागेर घर गएसँगै अहिले बढुवा भएका डीआईजीहरु वरियताक्रम अनुसारै एआईजी बढुवामा सिफारिस भएका छन् ।