आफ्नो सम्पत्ति विवरण बुझाउन किन सकस मान्छन् कर्मचारी ?

हरेक सरकारी कर्मचारी, शिक्षक तथा सैनिक र प्रहरीले वर्षैपिच्छे ताजा सम्पत्ति विवरण पेश गर्नुपर्ने नियम भए पनि कर्मचारीहरुले सम्पत्ति विवरण बुझाउन आनाकानी गर्दै आएका छन् ।
यस्को पछिल्लो उदाहरण हो यो । गत पुस २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका विभाग, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत रहेका कर्मचारीहरुलाई सम्पत्ति विवरण पेश गर्ने निर्देशन दिएको छ भए पनि कर्मचारीहरुले महिना दिनसम्म सम्पत्ति विवरण पेश नगरेपछि मन्त्रालयले पुन ताकेता गरेको छ ।
कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न राष्ट्रिय सतर्कता केन्द्रले ताकेता गरेपछि स्वास्थ्यले मातहतका ४७ वटा कार्यालयहरुलाई परिपत्र गर्दै तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन पत्राचार गरेको थियो गत पुस २५ मा ।

Advertisement 1

ननन

मन्त्रालयका उपसचिव वाशुदेव घिमिरेको हस्ताक्षर रहेको परिपत्रमा भनिएको छ, ‘यस मन्त्रालयअन्तर्गत विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत रहेका कर्मचारीहरु निजामती बाहेकका अस्थायी स्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आ।ब। २०७७ ०७८ को सम्पत्ति विवरण बुझाएको सम्बन्धि तपशिलको ढाँचामा ३ दिनभित्र अनिवार्य रुपमा यस मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने गरी पठाइदिनुहुन अनुरोध छ ।
उपसचिवको ताकेतालाई अटेर गरेपछि सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले २ दिनभित्र सम्पत्ति विवरण पेश गर्न कर्मचारीहरुलाई भनेको छ ।

प्रकाशित :२०७८ माघ २२, शनिबार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry