रौतहटका तीन स्थानीय तहमा तालाः एक सातादेखि सबै काम ठप्प

एक हप्तादेखि रौतहटका तीन स्थानीय तहमा दैनिक कामकाज नै ठप्प भएको छ । कटहरिया र गरुडा नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद बढेपछि उपप्रमुखको नेतृत्वमा तालाबन्दी एक सातादेखि ताला लागेको हो भने फतुवा विजयपुरमा नेपाली कांग्रेस निकटका नेताहरुले ताला लगाएका हुन्।

Advertisement 1

‘हिजो नगरपालिकाबाट भएको विभिन्न शीर्षकको खर्चको विषयमा कागजातसहित कार्यपालिका बैठक बस्ने निर्णय भएको थियो ।तर मेयर र प्रमुख प्रशासकीय अधिकृत नै भागेर हिँडेपछि हामीले ताला लगाएका हौं,’ उपप्रमुख देवीले भनिन् ।

उपप्रमुख रिता देवीले नगरपालिकाकाले खरिद गरेको औषधिसहित अन्य खरिदमा  अनियमितता भएको आशंका रहेको भन्दै कागजात मागेको बताइन् । ‘औषधि कहाँबाट कति रकम ल्यायो भन्ने नै छैन, भुक्तानी मात्रै छ । जिन्सी सामानमा कति खर्च भयो, तेलमा कति खर्च भइरहेको छ, केहि जानकारी नै छैन । कार्यापालिकामा खर्च विवरण देखाउ भन्दा मोबाइल अफ गरेर भागिरहेको छ, ‘उनले भनिन् ।

Advertisement 2

उपप्रमुख देवीले स्थायी सरकारी कर्मचारीभन्दा करारका कर्मचारीलाई तलबमा धेरै खर्च भएको सुनाइन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंहले जनप्रतिनिधिहरुको विवादको कारण कार्यपालिका वैठकमा नगएको भन्दै थप नबोल्ने बताए ।

त्यस्तै एक सातादेखि गरुडा नगरपालिकाको कामकाज ठप्प रहेको छ । गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीसहितका वडाध्यक्ष एक सातादेखि धर्नामा बसेका छन् । गत पुस २० गते पुनम कुमारी चौधरीको नेतृत्वमा लगार्र्ईएको तालाचाबी अझै खुल्न सकेको छैन् । मेयरले कन्थमणी प्रसाद कलवारले एकलौटी रुपमा काम गरेको, लुकाएर नगरसभा गरेको, नगरसभामा भएका निर्णय अझै सार्वजनिक नगरेको, आफूखुशी कर्मचारी नियुक्त गरेको, उपमेयर तथा वडाअध्यक्षको अधिकार सबै आफैले लिएको उनीहरुले आरोप लगाएका छन् ।

Advertisement 3

यस्तै, फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएर विरोध गर्दै आएका छन् ।पालिकाका मेयर गोपाल प्रसाद यादव निलम्बीत भएपछि निमित्त पाएकी उपप्रमुख ओमेया खातुनको कायैशैलिमा प्रश्न उठाउँदै वडाअध्यक्षहरुले पालिकामा तालाबन्दी गरेका हुन् ।

प्रकाशित :२०८० माघ २, मंगलवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry