बालुवाटारमा बसेर साल्ट ट्रेडिङ डुबाउँदै दुगड

सत्ता र शक्तिको पछाडि लागेर धेरै व्यापारीहरुले फाइदा लिए । यही भीडमा अर्काे मारवाडी व्यापारी थपिएका छन् । अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार गर्दा मोतीलाल दुगडलाई उद्योग राज्यमन्त्री बनायो । त्यो समय भारतीय अखबारले खबर छाप्यो,हाम्रो नागरिक नेपाल सरकारको मन्त्री भएकोमा बधाई । तिनै मोतीलाल दुगड पछिल्लो समय सत्ता र शक्तिको आडमा अत्याधिक फाइदा लिनेमा पर्दछन् । उनै दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले युवराज खतिवडाको स्थानमा उकालेर आफ्ना आर्थिक सल्लाहकार बनाए पछि उनी अहिले वालुवाटारमा बसेर गर्न मिल्ने नमिल्ने सबै काम गर्दैछन् ।
गत १५ जेठमा सार्वजनिक भएको बजेटमा नुन आयात निजी क्षेत्रका लागि पनि खुला गर्ने व्यहोरो घुसेको छ । ‘आयोडिनयुक्त नुन आपूर्ति सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए । विभागीय आपूर्ति मन्त्रालयको सहमति बिना नै अर्थ मन्त्रालयले बजेटमा यो बुँदा घुसाएको उद्योग वाणिज्य तथा आपूर्तिका अधिकारीहरु सुनाउँछन् ।

Advertisement 1

अहिले बार्षिक दुई अर्ब रुपैयाँभन्दा ठूलो नुनको कारोबारमा अहिले साल्ट ट्रेडिङ्गले आपूर्ति गर्दै आएको छ । सोही कारोवारमा प्रधानमन्त्रीका प्रिय पात्र मोतीलाल दुगडको आँखा पुगेको हो । बजेटमा यो शब्द घुसाएर नुनमा नीजि क्षेत्रलाई प्रवेश दिन खोज्नुको सिधा अर्थ चाहिँ मोतीलाल दुगडलाई पोस्न खोजिएको रुपमा धेरैले विश्लेषण गरेका छन् । यसो भन्नुको कारण हो,अहिलेसम्म नुन उत्पादन सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन बाहेक प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडले सञ्चालन गरेको दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट प्रालिले अनुमति नै नलिई सेन्चुरी नुन बेच्दै आएको छ । उसैलाई पोस्ने गरी सो बुँदा बजेटमा घुसाइएको हो ।
दुगड यस अघि राज्यमन्त्री छँदै आफ्नो नुनलाई वैद्यता दिने प्रयाश गरेका थिए तर त्यो बेला सफल नभए पनि अहिले उनी आफ्नो उदेश्यमा सफल भएका छन् । आफैं राज्यमन्त्री बनेपछि दुगडले नुन आयात र वितरणमा निजी क्षेत्रलाई खुला गर्ने प्रस्ताव तयार पार्न कर्मचारीलाई दबाब दिदैं आएका थिए । सो समयमा प्र्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन मन्त्री मातृकाप्रसाद यादयादवबीच खटपट हुनुको मुख्य कारण नुन आयात निजी क्षेत्रलाई खुलाउने प्रस्ताव यादवले मन्त्रिपरिषद्मा लैजान अस्वीकार गर्नु पनि हो ।
यस्मा दुगड एक्ला छैनन् यस अघि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता गराउन छानेको मेरियट होटलका सञ्चालक पनि यो व्यवसायका लागि दुगडसँग जोडिएका छन् ।

प्रकाशित :२०७८ जेष्ठ २८, शुक्रबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry