राष्ट्रिय परिचयपत्र विभागको टोल फ्री नम्बर परिवर्तन

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोल फ्री नम्बर परिवर्तन भएको छ। विभागका अनुसार अब देखि विभागको नयाँ टोल फ्री नम्बर ११४७ कायम गरिएको हो।

Advertisement 1

यससँगै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्तालगायत विभागसँग सम्बन्धित सेवा तथा जानकारी लिन अब ११४७ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

विभागले सेवाग्राहीलाई सूचना तथा आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले टोल फ्री नम्बर परिवर्तन गरेको जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन, विवरण दर्ता तथा अद्यावधिक गर्न, व्यक्तिगत घटना दर्ता र विभागअन्तर्गतका अन्य सेवासम्बन्धी जानकारी आवश्यक परेमा सेवाग्राहीले नयाँ टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

Advertisement 2

विभागले सेवाग्राहीलाई अबदेखि पुरानो नम्बरको सट्टा ११४७ प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित :२०८३ भाद्र ३, बुधबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry