राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

भक्तपुर जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनुरोध गरेको बताइन् ।

सूचना अनुसार तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ ।

Advertisement 2

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएको छ ।

 

प्रकाशित :२०७८ कार्तिक १७, बुधबार ०९:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry