सचिवहरुको सरुवा, अर्थमा पोखरेल

सरकारले आज बुधबार सचिवहरुको सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरुको सरुवा गरेको हो । जसमध्य राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ ।

Advertisement 1

लामो समयदेखी चर्चामा रहेको अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले पाएका छ्न भने सो मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।  भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि अतिरिक्तमा तानिएका छ्न ।

तेस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा सरुवा गरेको छ ।

प्रकाशित :२०८० बैशाख २०, बुधबार १९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry