अर्थका ६ सहित २६ सहसचिवको सरुवा (सूचीसहित)
सरकारले एकै पटक २६ सहसचिवको सरुवा गरेको छ । अस्ति सोमबारको क्याविनेटले ती सहसचिवहरुको सरुवा गरेको हो ।
सरुवामा परेका सहसचिवहरुमा सबैभन्दा बढी अर्थ मन्त्रालय मातहतका छन् । अर्थबाट केही सहसचिवहरु बाहिरिँदा आधा दर्जन सहसचिवहरु अर्थ भित्रिएका छन् । अर्थबाट बाहिरिने सहसचिवहरुमा भुपाल बराल,केदारनाथ शर्मा,रमेश केसी र बाबुराम सुवेदी रहेका छन् । यस अघि सचिवद्धय नै परिवर्तन गरेका अर्थ मन्त्री विष्णु पौडेलले अर्थमा सहसचिवहरु धनीराम शर्मा,श्रीकृष्ण नेपाल, सेवन्तक पोखरेल,रमेश अर्याल,राम प्रसाद आचार्य र झक्क प्रसाद आचार्यहरु अर्थमा भित्रिएका हुन ।
Advertisement 1
अर्थबाट बाहिरिएका सहसचिवहरुमध्ये भुपाल वराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,रमेश कुमार केसीलाई स्वास्थ्य तथा जनसंख्या र केदारनाथ शर्मालाई गृहमा सरुवा गरिएको छ । त्यसैगरी भन्सार विभागको उपमहानिर्देशक यज्ञ कोइरालाको उद्योग मन्त्रालय र सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयका लगिएको छ ।अर्थबाट ६ सहसचिव बाहिरिँदा अर्थमा ६ सहसचिव भित्रिएका छन् ।
यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय मातहतको आन्तरिक राजश्व विभागको महानिर्देशकको भूमिकामा रहेका मदन दाहाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ । यस्तै,यातायात व्यवस्था विभागका हाकिम टोकराज पाण्डे सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ भने वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।
यस्तै सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ भने श्रम कार्यालयबाट श्रम मन्त्रालयमा पुगेकी सुशीला अर्याललाई राष्ट्रिय कितावखानामा पुगेकी छिन् ।
Advertisement 2
यस्तै,स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा पठाइँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेलाई ल्याइएको छ ।
निर्वाचन आयोगका विश्व प्रसाद अर्याललाई बेपत्ता पारिएको छानबिन आयोगमा खटाइएको छ । शहरीका मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ मा पठाँइदा त्यहाँबाट अशोक कुमार साहलाई सहरी विकास मन्त्रालयमा सारिएको छ ।
Advertisement 3
आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाललाई गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिस्टार रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यता अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्र प्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ ।