भ्रष्टाचारको छानबिन भइरहेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

Advertisement 1

मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण श्रोतले जानकारी दिएको छ । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आगामी ६ साउनसम्मको कार्यकाल बाँकी रहेको भए पनि टेरामोक्स, एमडीएमएस, जस्ता परियोजनामा विवादित भएको कारण देखाउँदै सरकारले उनलाई राजीनामा दिन बाध्य पारेको बताइएको छ ।

स्रोतका अनुसार मङ्गलवार बिहानै प्राधिकरणको कार्यालय पुगेका उनले केही कर्मचारीहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएर बाहिरिएका थिए । अध्यक्ष हुनु अघि खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकको रूपमा कार्यरत रहेका थिए । तत्कालीन अध्यक्ष दिगम्बर झाले १५ पुस २०७५ राजीनामा दिएपछि २४ माघ २०७५ देखि खनाललाई सरकारले प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

प्रकाशित :२०८० पुष २४, मंगलवार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry